समाचार

हेटौंडामा जेसीज अध्यक्षहरुको सम्मेलन हुने

मकवानपुर । हेटौंडामा जेसीज अध्यक्षहरुको सम्मेलन हुने भएको छ । जेसीआई मकवानपुरगढीको आयोजनामा नेपाल जेसीजअन्तर्गत् ‘एरिया बी’ को अध्यक्षहरुको सम्मेलन १८ र १९ गते हेटौंडामा हुने भएको हो । आयोजक जेसीज अध्यक्ष बिजय पुडासैनीका अनुसार सम्मेलनमा करिब एक सय २० जनाको उपस्थिति रहनेछ । ‘एरिया बी’ अन्तर्गत्का सन् २०२३...

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा बुधबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ५, बाघखोरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय रोहित रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी...

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (३) बमोजिम पाण्डेलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । गत १४ जेठमा सर्वोच्च अदालतले कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश...

अब पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने

काठमाडौं । अब पशुपतिनाथका चार वटै ढोका खोलिने भएको छ । पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको हो । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार, पहिला शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने...

बागमती प्रदेश सभाको बैठक जारी

मकवानपुर । बागमती प्रदेश सभाको बैठक हाल जारी छ । बैठक प्रदेश सभा सचिवालयको भवनामा केहीबेर अघिबाट सुरु भएको हो । उक्त बैठक प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि छलफल भइरहेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम जेठ...

पाकिस्तानमा बस दुर्घटना हुँदा २८ जनाको मृत्यु

बलोचिस्तान । पाकिस्तानको दुर्गम प्रान्त बलुचिस्तानमा बुधवार बस दुघर्टना हुँदा २८ जनाको मृत्यु भएको छ । तीव्र गतिमा गुडिरहेको यात्रुवाहक बस भिरबाट खसेर दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा परेर अन्य २२ जना घाइते भएका छन् । घाइतेहरूको बसिमा निजामती अस्पतालमा उपचार भइरहेको बताइएको...

बुधबार नेप्सेमा २३ अंकको गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार नेप्से परिसूचकमा गिरवट आएको छ । सरकारले बजेट ल्याएको भोलिपल्ट नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव ८१ अंकले गिरावट आएको हो । आज नेप्से २०८९ को बिन्दुमा झर्दा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता सेयर...

हत्या गरेको अभियोगमा पुरुष पक्राउ

बझाङ । आफ्नै ठुलीआमा ७० वर्षीया कलुली देवी पातलीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले बझाङबाट एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बुङगल नगरपालिका–११ तल्लो मौरेबांज बस्ने ३६ वर्षीय हरजित बहादुर पातली रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनले...

अवैध लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट १३ जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुर, सल्यान, डडेल्धुरा, मोरङ, झापा र सुर्खेत जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–१ सम्झना टोलबाट अवैध लागूऔषध गाँजा २ किलो ८० ग्रामसहित मंगलबार एक जनालाई पक्राउ गरेको...

करको दर धेरै हुँदा मुद्रण उद्योग धरासायी भएको व्यवसायीको गुनासो

सरकारको औद्योगिक तथा भन्सार नीतिको चरम मारमा आफूहरु परेको गुनासो मुद्रण व्यवसायीले गरेका छन् । नेपाल मुद्रण उद्योग महासंघको मंगलबारबाट हेटौंडामा सुरु भएको केन्द्रीय समितिको वैठक अगाडि पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले मुद्रणसँग सम्बन्धित कागज तथा कच्चा पदार्थमा करिब २८ प्रतिशत कर लाग्ने गरेको बताएका हुन् । ‘कागज तथा कच्चा...