एकीकृत समाजवादी हेटौंडा नगर कमिटी अध्यक्षमा लामा निर्वाचित

तु खबर संवाददाता
२०८१ जेष्ठ २७, आईतवार ०९:२४

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी हेटौंडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा विष्णुमायामा लामा निर्वाचित भएकी छन् ।

शनिवार सम्पन्न प्रथम नगर अधिवेशनबाट लामाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा तारा ढुंगाना लामा, सचिवमा सफल अधिकारी, उपसचिवद्वय देवेन्द्र पराजुली र हेम सुवेदी चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा भूगोल ३८, दलित ३, युवा खुला ५, युवा महिला २, मुस्लिम २ र खुल्लाबाट १० जना निर्वाचित भएका छन् ।

अधिवेशनमा नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ११ जना अग्रज व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा क्रमशः घननाथ अधिकारी, श्रीबहादुर घलान, इन्द्रसिं थिङ, खिला कुमारी लामिछाने, कुलप्रसाद रुपाखेती, बद्रीप्रसाद न्यौपाने, सीता बराल, बद्री देवकोटा, कृष्णमाया थिङ, विशुुकुमार थापा र सन्तबहादुर राना मगर रहेका छन् ।