पिप्ले युवा क्लबको अध्यक्षमा घिमिरे

तु खबर संवाददाता
२०८१ जेष्ठ २७, आईतवार ०८:५३

मकवानपुर । पिप्ले युवा क्लब हेटौंडा–५ को अध्यक्षमा सुविन घिमिरे चयन भएका छन् ।

शनिबार सम्पन्न क्लबको आठौं अधिवेशनबाट घिमिरेको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।

यस्तै, समितिको वरिष्ठ उपाध्यक्षमा सुदिपसिं ठकुरी, उपाध्यक्षमा बाबुकिंग खनाल, सचिवमा दीपेन्द्र ढकाल, सहसचिवमा आवेश लामा र कोषाध्यक्षमा विवेक शर्मा अर्याल सर्वसम्मत रुपमा चयन भएका छन् ।

यसैगरी, समितिका सदस्यहरुमा क्रमशः निरञ्जन मानन्धर, नरेन्द्र मोक्तान, टरवि थापा, विवेक अर्याल र अनुज कार्की चयन भएका छन् ।

अधिवेशन हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष सुशील घिमिरेको सभाध्यक्षतामा भएको हो ।