समाचार

अवैध लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले तनहुँ, मोरङ, कैलाली, कपिलवस्तु, सुनसरी, सुर्खेत, पर्सा र कैलाली जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहि उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १ किलो ८ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका–४...

आईपीओ निष्काशन गर्दै श्री डिष्टिलरी

काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्दैछ । यसका लागि कम्पनीले असार ११ गते मंगलबार विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको निर्णय अनुसार सभा आह्वान गरिएको हो । सभा काठमाडौंको बबरमहलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजेदेखि शुरू हुनेछ ।...

पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ दशमलव ५९ अकंले घटेर २ हजार ७९ दशमलव १९ बिन्दुमा बन्द भएपनि पाँच वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो । आज इस्र्टन हाइड्रोपावर, शुभम पावर, सिटि होटल, कुथेली...

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको महानगरपालिका–१४ कलंकीबाट नक्कली नोटसहित प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कलंकीस्थित चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोललाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित पक्राउ गरेको जनाएको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले पक्राउ...

आइतबार शेयर बजारमा गिरावट, ५ अर्बमाथिको कारोबार

काठमाडौं । आज आइतबार शेयर बजारमा गिरावट आएको छ । गत बुधबारबाट लगातार घटेको शेयर बजार आज पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ दशमलव ५९ अकंले घटेर २ हजार ७९ दशमलव १९ बिन्दुमा बन्द भएको छ । यस्तै, आइतबार ३१३ कम्पनीको १ करोड ४ लाख...

एकैदिन चार हजारले घट्यो सुनको भाउ

काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ आज एकैदिन प्रतितोलामा चार हजार रुपैयाँले घटेको छ । अहिलेसम्मकै सर्वाधिक महँगो बनेको सुनको मूल्य आज भने चार हजारले घटेको हो । भाउ घटेसँगै आइतबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गरेका छन् । आइतबार प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । आज बेलुका प्रधानमन्त्री मोदीको शपथ ग्रहण हुँदैछ । उक्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारतको नयाँ दिल्लीमा प्रस्थान गरेका हुन्...

हेटौंडामा ट्याङ्करबाट खसेर एक वृद्ध घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १९ सान्नानिटारमा शनिबार ट्याङ्करबाट खसेर एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय राजन रेग्मी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, ब्रम्हस्थानी फ्युल सेन्टर नजिकै बा.प्र. ०३–००१ ख २३०७ नम्बरको तेल ट्याङ्कर धुने क्रममा...

प्रतिनिधि सभाको बैठक सर्यो

काठमाडौं । संघीय संसद्अन्तरगत पर्ने प्रतिनिधि सभाको बैठक सरेको छ । आज बिहान ११ बजे बस्ने गरी बोलाएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गरिएको हो । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकको निर्णय अनुसार प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो । आजदेखि विनियोजन...

इजरायली सेनाद्वारा हमासबाट चार बन्धकको उद्दार

तेल अभिभ । इजरायली सेनाले हमासको कैदबाट आफ्ना चार बन्धकलाई उद्दार गरेको छ । नोआ अरगामनी (२७), अलमोग मिर (२२), आन्द्रेई कोज्लोभ (२७) र सलोमी जिभ (४१) लाई शनिबार उद्धार गरिएको हो । इजरायली सेनाले ती बन्धकहरूलाई उद्धार गर्न विशेष अभियान सुरु गरेको थियो । रिहा भएपछि बन्धकहरुले आ–आफ्ना...