आइतबार शेयर बजारमा गिरावट, ५ अर्बमाथिको कारोबार

काठमाडौं । आज आइतबार शेयर बजारमा गिरावट आएको छ । गत बुधबारबाट लगातार घटेको शेयर बजार आज पनि ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ दशमलव ५९ अकंले घटेर २ हजार ७९ दशमलव १९ बिन्दुमा बन्द भएको छ ।
यस्तै, आइतबार ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता शेयर किनबेच भएको छ भने ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।
बजार ओरालो लागेपनि आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा आठ उपसूचक राताम्य भएका छन् ।