नक्कली नोटसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ २७, आईतवार १६:३३

काठमाडौं । काठमाडौंको महानगरपालिका–१४ कलंकीबाट नक्कली नोटसहित प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले कलंकीस्थित चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोललाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित पक्राउ गरेको जनाएको छ ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नोट फेला पारी उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।