पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ दशमलव ५९ अकंले घटेर २ हजार ७९ दशमलव १९ बिन्दुमा बन्द भएपनि पाँच वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
आज इस्र्टन हाइड्रोपावर, शुभम पावर, सिटि होटल, कुथेली बुखेरी स्मल हाइड्रोपावर र भगवति हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।
साथै, समलिङ पावरको ९ दशमलव २८ प्रतिशत, सयपत्रि हाइड्रोपावरको ८ दशमलव ९५ प्रतिशत, जानकी फाइनान्सको ८ दशमलव २६ प्रतिशत र युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको ७ दशमलव ९३ प्रतिशतले बढेको हो ।
यस्तै, आइतबार ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता शेयर किनबेच भएको छ भने ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।
यसदिन ९७ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने १४७ कम्पनीको मूल्य घटेको जनाइएको छ ।