समाचार

एमाले अर्घाखाँचीमा पीताम्बर भुसाल

बुटवल । नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । निवर्तमान अध्यक्षसमेत रहेका भुसाल नवौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै, सचिवमा पनि निवर्तमान सचिव तोजबहादुर रायमाझी पुनः निर्विरोध निर्वाचित भएका छन् । ८७ सदस्यीय जिल्ला कार्यसमितिमा उपाध्यक्ष र उपसचिव लगायत...

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा सोनाम गेल्जेन शेर्पा प्रश्तावक र जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाय, भगवती न्यौपाने, मदनकुमारी शाह (गरिमा), मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, र शेखरकुमार सिंह समर्थक भई सूचना दिएको सवारी दुर्घटना न्यूनीकरण...

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिने भएका छन् । उनको विश्वासको मतका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनले आज विश्वासको मत लिन लागेका हुन् । उनलाई विश्वासको मत...

वीरगञ्जमा एक पुरुषको शव भेटियो

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित खुला चौरमा एक पुरुषको शव भेटिएको छ । हाल पहिचान नखुलेको अन्दाजी ३० वर्षीय एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार, आइतबार साँझतिर खुला चौरमा एक जना व्यक्ति मृत फेला परेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थल...

चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका चार वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक...

बोलेरो गाडी हुँदा तीन जनाको मृत्यु

सुर्खेत । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार साँझ दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात...

‘युवालाई उत्पादनसँगै रोजगारीसँग जोड्न सकिएको छैन’

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले नेपाल युवाहरुले भरिएको देश भएपनी युवाहरुलाई उत्पादनसँगै रोजगारीसँग जोड्न नसकिएको बताएका छन् । आइतबार स्वास्थ्य मन्त्रालयको कार्यलयमा कर्मचारी र बागमती प्रदेशका स्वास्थ्य मन्त्रीबीच सम्पन्न बैठकमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले यसले नेपालको हितमा नकरात्मक असर परेको समेत तर्क बताए ।...

६० अर्बको बजेट ल्याउने तयारीमा बागमती सरकार

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकाले आर्थिक सङ्कुचनका कारण राजस्व सङ्कलन दर न्यून रहेको भन्दै चालु आर्थिक वर्षकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ...

असार दोस्रो साता केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारीमा कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक असार दोस्रो साता बोलाउने तयारी गरेको छ । गत फागुन (७—१०) मा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन संशोधनसहित पारित गर्न कर्यासमिति बैठक बोलाउन लागेको जनाइएको छ । जेठ १७ मा बसेको पदाधिकारी बैठकमा प्रतिवेदन संशोधन गरी असार...

त्रिशूलीमा बेपत्ता दुई किशोरमध्ये एकको शव भेटियो

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीबाट त्रिशूली नदीमा बेपत्ता भएका दुई किशोरमध्ये एक जनाको शव भेटिएको छ । आइतबार घाटबेशीका १५ वर्षीय युनिक सुवेदीको शव भेटिएको हो । युनिकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको हो । शनिबार दिउँसो ४ बजेतिर पौडी खेल्ने क्रममा युनिक र १३ वर्षीय...