६० अर्बको बजेट ल्याउने तयारीमा बागमती सरकार

तु खबर संवाददाता
२०८१ जेष्ठ २७,आईतवार १८:३८

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेश सरकाले आर्थिक सङ्कुचनका कारण राजस्व सङ्कलन दर न्यून रहेको भन्दै चालु आर्थिक वर्षकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको बताउँदै उनले चालु आर्थिक वर्षको अनुपातमा बजेट ल्याउने काम भइरहेको बताए ।

प्रदेश सरकारको आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान बापतको रकमसमेत कटौती भएकाले बजेट केही प्रभावित हुने उनको भनाई छ ।