वीरगञ्जमा एक पुरुषको शव भेटियो

तु खबर संवाददाता
२०८१ जेष्ठ २८, सोमबार ०९:२६
सांकेतिक तस्वीर

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित खुला चौरमा एक पुरुषको शव भेटिएको छ ।

हाल पहिचान नखुलेको अन्दाजी ३० वर्षीय एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार, आइतबार साँझतिर खुला चौरमा एक जना व्यक्ति मृत फेला परेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

कालो रंगको सर्ट, निलो रंगको टिसर्ट, कालो रंगको जिन्स पाइन्ट र खैरो रंगको जुत्ता लगाएका व्यक्तिको शव फेला परेको हो । शव मुचुल्का गरी नारायणी अस्पतालको शवगृहमा राखिएको छ ।

मृत भेटिएका ती व्यक्तिको अनुहारमा रगत देखिएको छ । घटनाको अनुसन्धान सुरु गरिएको जनाइएको छ ।