त्रिशूलीमा बेपत्ता दुई किशोरमध्ये एकको शव भेटियो
काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीबाट त्रिशूली नदीमा बेपत्ता भएका दुई किशोरमध्ये एक जनाको शव भेटिएको छ ।
आइतबार घाटबेशीका १५ वर्षीय युनिक सुवेदीको शव भेटिएको हो । युनिकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको हो ।
शनिबार दिउँसो ४ बजेतिर पौडी खेल्ने क्रममा युनिक र १३ वर्षीय रिदम रोइला त्रिशूली नदीमा बेपत्ता भएका थिए । बेपत्ता भएकामध्ये युनिकको शव भेटिएको हो ।
बेपत्ता भएका रिदमको भने खोजी जारी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
