समाचार
एमाले मकवानपुरको नवनिर्वाचित कमिटीद्वारा शपथ ग्रहण
मकवानपुर । नेकपा एमाले मकवानपुरको नवनिर्वाचित कमिटीका पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार हेटौंडामा आयोजित एक कार्यक्रममा उनीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले शपथ ग्रहण गराएका हुन् । सो क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रिय स्वाभिमान र...
जसपा नेपालको राष्ट्रिय महाधिवेशन आजबाट सुरु
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ । महाधिवेशन जनकपुरमा सुरु भएको हो । महाधिवेशनमा देशभरबाट एक हजार तीन सय प्रतिनिधि सहभागी भएको जसपा नेपालले जनाएको छ । महाधिवेशनमा राजनीतिक, वैचारिक, नीतिगत दस्ताबेज पारित गरिने जनाइएको छ । यस्तै, महाधिवेशनबाट नयाँ नेतृत्वका लागि...
हेटौंडामा एक दिवसीय योग शिविर
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा एक दिवसीय योग शिविर कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम निलगिरी बाल समूह कालिकाटोल हेटौंडा–८ को आयोजनामा गरिएको हो । कार्यक्रम कालिका टोल विकास संस्था हेटौंडा–८ कमानेको सह–आयोजनामा गरिएको हो । बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ लाभको लागि योग शिविरको आयोजना गरिएको कालिका...
‘अहिलेको राजनैतिक मुद्दा माओबादीको एजेण्डा हो’
मकवानपुर । नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरका संयोजक भीम पाख्रीनले मुलुकमा भएका परिवर्तन र अहिलेको राजनैतिक मुद्दा नेकपा माओबादी केन्द्रको एजेण्डा भएको बताएका छन् । पाख्रीनले हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ को वडा सम्मेलनलाई सम्बोधन गर्दै समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता सहितको गणतान्त्रिक संविधान निर्माण नेकपा माओबादीकै...
भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा किशोरीको उद्दार
काठमाडौं । भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा प्रहरीले एक किशोरीलाई ललितपुरबाट उद्दार गरेको छ । प्रहरीले १४ वर्षीया किशोरीलाई उद्दार गरेको जनाएको छ । ती किशोरीलाई बेचबिखनमा लैजान खोज्ने दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भएका ३९ वर्षीय सम्बरबहादुर तामाङ र नुवाकोट तादी...
खुर्पा प्रहार गरी आफ्नै आमाको हत्या, छोरा पक्राउ
भोजपुर । भोजपुरमा एक पुरुषले खुर्पा प्रहार गरी आफ्नै आमाको हत्या गरेका छन् । अरूण गाउँपालिका–४ ल्याङडाँडा चरम्बी बस्ने ६८ वर्षीया निर कुमारी तामाङको आफ्नै छोराले खुर्पा प्रहार गरी हत्या गरेका हुन् । निरकुमारीको हत्या गरेको अभियोगमा प्रहरीले उनकै ३४ वर्षीय छोरा मिलन तामाङलाई आइतबार साँझ पक्राउ गरेको छ...
हेटौंडाबाट गाँजासहित एक जना पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित गएराति एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मनहरी गाउँपालिका–२ बस्ने ३० वर्षीय दिनेश गोङबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई करिब १२ किलोग्रामसहित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका...
उद्दारको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु
बझाङ । बझाङमा विपद् व्यवस्थापनको खोज तथा उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा नदीमा डुबेर एक प्रहरी जवानको मृत्यु भएको छ । सदरमुकाम चैनपुर नजिकै सेती नदीमा नमुना अभ्यास देखाउने क्रममा सशस्त्र प्रहरी बलका जवान नरेन्द्रसिंह धामीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक भरत शाहले जानकारी दिए । उनका अनुसार,...
मलेसियामा दुई नेपाली बालबालिकालाई उपाधि
काठमाडौं । मलेसियामा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोवल एम्बेसडर इन्टरनेशनल २०२४’ को उपाधि दुई नेपाली बालबालिकाले जितेका छन् । उपाधि जित्नेहरुमा नेपाली बालबालिका श्रीजल यादव र सिकुम हाङ्गमा सुब्बा रहेका छन् । कोटाकिना बालु सहरमा जुन ५ देखि ९ सम्म आयोजना भएको प्रतियोगीतामा यादवले ‘किड युनिभर्स’ र सुब्बाले...
गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने राप्रपाको निर्णय
कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । दलका नेता पञ्चराम गुरुङले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई आफ्नो पार्टीले समर्थन गर्ने घोषणा गरेका हुन् । सोमबार प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्तावमा बोल्दै उनले राप्रपाले समर्थन गर्ने जनाएका हुन् ।










