जसपा नेपालको राष्ट्रिय महाधिवेशन आजबाट सुरु

तु खबर संवाददाता
२०८१ जेष्ठ २८,सोमबार १७:१७
file-photo

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ । महाधिवेशन जनकपुरमा सुरु भएको हो ।

महाधिवेशनमा देशभरबाट एक हजार तीन सय प्रतिनिधि सहभागी भएको जसपा नेपालले जनाएको छ ।

महाधिवेशनमा राजनीतिक, वैचारिक, नीतिगत दस्ताबेज पारित गरिने जनाइएको छ ।

यस्तै, महाधिवेशनबाट नयाँ नेतृत्वका लागि जेठ ३० गते चुनावी प्रक्रिया सुरु हुनेछ ।

महाधिवेशनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरू सहभागी रहेका छन् ।