हेटौंडामा एक दिवसीय योग शिविर

तु खबर संवाददाता
२०८१ जेष्ठ २८, सोमबार १७:१०
file-photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा एक दिवसीय योग शिविर कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम निलगिरी बाल समूह कालिकाटोल हेटौंडा–८ को आयोजनामा गरिएको हो ।

कार्यक्रम कालिका टोल विकास संस्था हेटौंडा–८ कमानेको सह–आयोजनामा गरिएको हो ।

बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ लाभको लागि योग शिविरको आयोजना गरिएको कालिका टोल विकास संस्थाकी सचिव अर्चना कार्कीले जानकारी दिइन् ।

योग शिविरमा ८ देखि १८ वर्ष उमेर समूहका २५ जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम सिमोन भट्टराईको सभाध्यक्षता तथा हेटौंडा–८ का वडाध्यक्ष रामकृष्न थापाको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा कालिका टोलबिकास संस्थाका अध्यक्ष रामकृष्ण प्रसाद घिमिरे, जिल्ला योगशिविरका अध्यक्ष रामकृष्ण थापालगायतकाको आतिथ्यता रहेको थियो ।