खुर्पा प्रहार गरी आफ्नै आमाको हत्या, छोरा पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ २८, सोमबार १६:२८

भोजपुर । भोजपुरमा एक पुरुषले खुर्पा प्रहार गरी आफ्नै आमाको हत्या गरेका छन् ।

अरूण गाउँपालिका–४ ल्याङडाँडा चरम्बी बस्ने ६८ वर्षीया निर कुमारी तामाङको आफ्नै छोराले खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।

निरकुमारीको हत्या गरेको अभियोगमा प्रहरीले उनकै ३४ वर्षीय छोरा मिलन तामाङलाई आइतबार साँझ पक्राउ गरेको छ ।

अरूणले खुर्पा प्रहार गरी निर कुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।