समाचार
राष्ट्रिय परिचयपत्र बनाउन शिविर संचालन गर्दै जिप्रका मकवानपुर
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राष्ट्रिय परिचयपत्र बनाउन शिविर संचालन गर्ने भएको छ । प्रशासनले मंगलबार एक सूचना जारी गर्दै जिल्लाको विभिन्न पालिकामा पहिलो र दोस्रो गरी दुई टोली संचालन गर्न लागेको जानकारी गराएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थ राज चिलुवालले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने...
उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन पारित
जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पेस गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ । जनकपुरमा जारी जसपा नेपालको बन्द सत्रबाट पार्टी अध्यक्ष यादवले पेस गरेको राजनीतिक प्रतिवेशन पारित गरिएको हो । दोस्रो दिन बिहान १० बजेदेखि बन्दसत्र सुरु भएको थियो । बन्द सत्रमा पार्टी अध्यक्ष...
बकैयामा साइलेज उत्पादन सुरु
मकवानपुर । जिल्लाको बकैया गाउँपालिकाले साइलेज तथा दाना उत्पादन सुरु गरेको छ । बकैया–७ हात्तीखोलामा उद्योग स्थापना गरी साइलेज तथा दाना उत्पादन सुरु गरिएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए । सहुलियत दरमा कृषकलाई पशु आहारा उपलब्ध गराउने उद्देश्यले साइलेज तथा दाना उद्योग स्थापना गरी उत्पादन सुरु गरेको अध्यक्ष...
मकवानपुरगढी गाउँपालिका अध्यक्षको घरमा आगलागी
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानको घरमा मंगलबार आगलागी भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नं.३ धमिलेस्थित रहेको अध्यक्ष स्याङतानको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो । घरमा लागेको आगो प्रहरी, स्थानीय र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट घर...
विदेश पठाइदिने भन्दै १५ करोड ठगी, चार जना पक्राउ
काठमाडौं । कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्सलगायतका देशहरुमा पठाइदिने भन्दै तीन सय जना भन्दा बढी व्यक्तिबाट करिब १५ करोड रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्रउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१८ घर भई हाल काठमाडौं टोखा नगरपालिका बस्ने २८ वर्षीय राज कुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिका–८ घर...
शेयर बजारमा हरियाली, साढे ५ अर्बको कारोबार
काठमाडौं । मंगलबार शेयर बजारमा हरियाली छाएको छ । लामो समयपछि परिसूचक समेत २१ सय बिन्दु माथि उक्लिएको हो । नेपाल स्टक एक्सचेत्तज (नेप्से) ३३ दशमलव १५ अकंले बढेर २ हजार ११५ दशमलव २४ बिन्दुमा बन्द भएको छ । आज ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९...
७१ जिल्लामा फैलियो डेंगू संक्रमण
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले देशका ७१ जिल्लामा डेंगू संक्रमण फैलिएको जनाएको छ । इडीसीडी शाखाका अनुसार, ७७ जिल्लामध्ये ७१ जिल्लामा डेंगू सङ्क्रमण फैलिएको हो । सन् २०२४ को जनवरी महिनादेखि जुन ९ गतेसम्म १ हजार १ सय ३० जनामा डेंगु...
६७ किलो गाँजासहित दुई जना पक्राउ
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ चियाँबारी फिकलबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ६७ किलोग्राम गाँजासहित २ जनालाई गएराति पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा उदयपुरगढी गाउँपालिका–७ बस्ने ६० वर्षीय लाल बहादुर तामाङ र सोही गाउँपालिका–८ चुपुम्फा बस्ने ५२ वर्षीय दिल बहादुर तामाङ...
कार्यक्रमस्थलमा बेहोस् भएर ढलेका क्षेत्रीको मृत्यु
सुर्खेत । कार्यक्रमस्थलमा बेहोस् भएर ढलेका वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भएको छ । क्षेत्रीको हृदयाघातका कारण मृत्यु भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरूले जनाएक छन् । मंगलबार बिहान वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा भएको कार्यक्रमकै बिचमा उनी बेहोस् भएर ढलेका थिए । उनले उक्त बुलबुले उद्यानमा डुङ्गा सञ्चालन...
हेटौंडा अस्पतालको अस्तित्व नमेटाउन भेटवालको आग्रह
मकवानपुर । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका नेता राजेश भेटवालले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा लैजान नहुने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । नेपाल तरुण दलका केन्द्रीय सदस्य रहेका भेटवालले विज्ञप्ति जारी गर्दै केही व्यक्ति र संस्थाको स्वार्थमा हेटौंडा अस्पतालको अस्तित्व मेटाउन लागिएको भन्दै...










