समाचार

यस्तो रहनेछ आजको मौसम

काठमाडौंं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी...

प्रतिनिधि सभा बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । उक्त बैठकमा बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण...

गर्मीका कारण हेटौंडामा आजबाट दुई दिन विद्यालय बन्द

मकवानपुर । अत्याधिक गर्मीका कारण हेटौंडामा सामूदायिक तथा संंस्थागत विद्यालय आजबाट दुई दिन हुने भएको छ । अत्याधिक गर्मी बढेपछि हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले बुधबार एक सूचना जारी गर्दै नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बन्द हुने जानकारी गराएको हो । जारी सूचनामा बुधबार ३० गते...

मृतक अकिललाल श्रेष्ठका परिवार आर्थिक रकम सहयोग

मकवानपुर । हृदयघातका कारण निधन भएका फुटबल रेफ्री मकवानपुरका अकिललाल श्रेष्ठको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । लामसुरे खेलकुद विकास समिति हेटौंडा–९, ले बुधबार मृतक अकिललालको परिवारलाई नगद ५० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएका हो । मकवानपुर जिल्ला रेफ्री संघ अध्यक्ष समेत रहेका मृतक श्रेष्ठ हेटौंडा–९ भेट्रान्स...

गर्मीका कारण हेटौंडामा दुई दिन विद्यालय बन्द हुने

मकवानपुर । अत्याधिक गर्मीका कारण हेटौंडामा सामूदायिक तथा संंस्थागत विद्यालय दुई दिन हुने भएको छ । अत्याधिक गर्मी बढेपछि हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले बुधबार एक सूचना जारी गर्दै नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बन्द हुने जानकारी गराएको हो । जारी सूचनामा बुधबार ३० गते बसेको...

जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

भोजपुर । भोजपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९, बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगर रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ । मगरले ती बालिकाको घर नजिकै रहेको गोठमा गत वैशाख...

विद्यालयस्तरमा विश्व योग दिवस मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी असार ७ (२१ जुन) गते विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठक शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षता बसेको हो । सो बैठकले ‘महिला सशक्तीकरणका लागि योग’ नाराका साथ विद्यालयस्तरमा दिवस...

हेटौंडा नगर प्रमुख र उप–प्रमुखद्वारा खेल मैदानको उद्घाटन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित सिमलटारमा निर्माण भएको फुटबल खेल मैदानको उद्घाटन गरिएको छ । हेटौंडा–११ सिमलटारमा निर्माण भएको उक्त खेल मैदानको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त खेल मैदान हेटौंडा–१० र हेटौंडा–११ को लगानीमा निर्माण गरिएको...

अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, मोरङ, सुनसरी र कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा २ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ...

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन कार्यक्रम अन्तरगतको उम्मेदवारी दर्ताका क्रममा अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेको हो । निर्वाचन समितिका संयोजक महम्मद समिम अखतर अलीले अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएको जानकारी दिए...