समाचार
बुधबार नेप्सेमा सामान्य अंकको वृद्धि
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ३७ अंकले बढेर दुई हजार एक सय २१ दशमलव ६२ को विन्दुमा कायम भएको हो । यस्तै, आज तीन सय १२ कम्पनीको एक करोड २९ लाख ५० हजार चार सय...
१३ जिल्लामा एमाले अधिवेशन अनिश्चित
काठमाडौं । नेकपा एमालेको १३ जिल्लामा अधिवेशन अनिश्चित बनेको छ । ७७ जिल्ला र चार वटा विशेष क्षेत्र गरी ८१ वटा जिल्लामध्ये १३ जिल्लामा एमाले अधिवेशन अनिश्चित बनेको हो । बाँकी ६८ वटा जिल्लामा भने अधिवेशन सम्पन्न भइसकेको छ । २०८१ जेठ महिनाभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न पार्टी...
पहिरोमा पुरिएर एक मजदुरको मृत्यु, मकवानपुरका कार्कीसहित दुई घाइते
संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा मंगलबार पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका गङ्गाराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । प्रहरीका अनुसार, उक्त पहिरोमा परेर अन्य दुई जना सामान्य घाइते...
बागमती प्रदेशको बजेट असार १ गते प्रस्तुत हुने
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट असार १ गते प्रस्तुत हुने भएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले सरकारको बजेट असार १ गते प्रस्तुत हुने जानकारी दिए । उनका अनुसार, बजेट प्रस्तुतका लागि असार १ गते अपराह्न ४ बजे बस्ने गरी प्रदेश...
वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्ध
अमेरिका । आइसीसी टि ट्वान्टी विश्वकप अन्तरगत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको छ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा स्थानीय समय अनुसार साढे ८ बजे पिच निरीक्षण सुरु भए लगत्तै पानी पर्न थालेपछि खेल रद्द गर्ने निर्णय गरिएको हो । लगातारको वर्षाका कारण खेल रद्द...
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ । सो बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ । यस्तै, बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन न्याय...
हेटौंडामा एक महिने बारिष्टा तालिम समापन
मकवानपुर । मकवानपुरको हेटौंडामा एक महिने बारिष्टा तालिम समापन भएको छ । हेटौंडा उपमहानगरपालिकाले युवाहरूलाई लक्षित गरि आयोजना गरेको उक्त तालिम मंगलबार समापन भएको हो । मेघा ईन्स्टिच्युट अफ होटल म्यानेजमेन्टको संयोजकमा आयोजित उक्त तालिममा उपमहानपालिकाका ५० जनाले सहभागिता जनाएका थिए । समापन कार्यक्रम उक्त म्यानेजमेन्टका संचालक बिबेक दाहालको...
मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ८, सिमपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । बिहान पौने ७ बजेको समयमा हेटौंडाबाट चितवनको भरतपुरतर्फ जाँदै गरेको ना ८ ख ४८४१ नम्वर ट्रकले चितवनको भरतपुरबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश नम्वर ०३–०३० प...
मकवानपुरमा आजबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सामाजिक सुरक्षा प्राप्त गर्ने वृद्धवृद्धा र अपांगता भएका लाभग्राहीको लागि आजबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर पालिकाको केन्द्रमा संचालन गर्ने भएको छ । प्रशासनले जिल्लामा रहेका १० मध्ये ९ वटा पालिकासँगको समन्वयमा उक्त पालिकाको केन्द्रमा आजबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर...
मकवानपुरमा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७ रमनटारस्थित मंगलबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी मध्यबिन्दु नगरपालिका–१४ बस्ने ४७ वर्षीय दिलबहादुर टण्डन क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव...










