१३ जिल्लामा एमाले अधिवेशन अनिश्चित
काठमाडौं । नेकपा एमालेको १३ जिल्लामा अधिवेशन अनिश्चित बनेको छ । ७७ जिल्ला र चार वटा विशेष क्षेत्र गरी ८१ वटा जिल्लामध्ये १३ जिल्लामा एमाले अधिवेशन अनिश्चित बनेको हो ।
बाँकी ६८ वटा जिल्लामा भने अधिवेशन सम्पन्न भइसकेको छ । २०८१ जेठ महिनाभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न पार्टी केन्द्रले निर्देशन दिएपनि १३ वटा जिल्लाले समयमा अधिवेशन गर्न नसकेको हो ।
अधिवेशन हुन बाँकी जिल्लाहरूमा कोशी प्रदेशका तीन वटा, मधेस प्रदेशका तीन वटा, गण्डकीको मनाङ र कर्णालीको डोल्पा, सुदूरपश्चिम प्रदेशका तीन वटा जिल्ला रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
