समाचार
नेप्से सूचक ९ दशमलव ३२ अंकले घट्यो
काठमाडौं । आज साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, आज ९ दशमलव ३२ अंकले नेप्से सूचक घटेको हो । आज शेयर बजारमा गिरावट आएपनि कारोबार भने ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ भन्दा बढीको भएको छ । १ करोड...
स्थापना दिवसमा विविध कार्यक्रमको आयोजना
मकवानपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मकवानपुरले आफ्नो आठौं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ । पार्टीले बुधबार जिल्लाको हेटौंडामा रक्तदान कार्यक्रम र पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । सो पार्टीले बुधबार हेटौंडा–४ स्थित हुप्रचौरमा रहेको जिल्ला पार्टी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको...
हेटौंडा सिमेन्टका नवनियुक्त अध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण
मकवानपुर । हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीले पदभार ग्रहण गरेका छन् । केहीदिन अघि अध्यक्षमा नियुक्त भएका भण्डारीले बुधबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले कर्मचारी, मजदुर, सरोकारवाला पक्षको साथ र सहयोगमा उद्योगलाई सुचारु गर्ने र प्रतिस्पर्धी बजारमा उद्योगलाई...
मउवा संघद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग
मकवानपुर । मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर मृत्यु भएका परिवारलाई मकवानपुर उद्योग वाणिज्य (मउवा) संघले आर्थिक रकम सहयोग गरेको छ । संघमा साधारण सदस्य रही सवारी दुर्घटनामा मृत्यु भएका हेटौंडाका व्यवसायी केशवप्रसाद मुडभरी र दिनेश कार्कीको परिवारलाई संघले आर्थिक रकम सहयोग गरेको हो । संघको आफ्नै व्यवसायी हितकोषबाट मृतक...
लागूऔषध गाँजासहित एक जना पक्राउ
सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिका–५ लखन्देवी खोलास्थित सडकबाट अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका–१ बस्ने ७० वर्षीय मनिराम राय रहेका छन् । उनलाई बुधबार बिहान लागूऔषध गाँजा २ किलो ९८ ग्रामसहित इलाका प्रहरी कार्यालय चक्रघट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका...
कुवेतमा भएको आगलागीमा परेर पाँच नेपाली घाइते
काठमाडौं । कुवेतमा आप्रवासी श्रमिकहरू बस्ने क्याम्पमा भएको आगलागीमा परेर पाँच जना नेपाली घाइते भएका छन् । कुवेतस्थित नेपाली दूतावासका अनुसार, कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा बुधवार बिहान ४ः ३० बजे आगलागीमा परेर पाच जना नेपाली श्रमिक घाइते भएका हुन् । घाइतेमध्ये दुई जना सुरक्षित भएको र बाँकी तीन जना...
कार दुर्घटना हुँदा तीन जनाको मृत्यु
बुटवल । बुटवलमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराति बुटवलसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको कार सडकबाट झण्डै १ सय मिटर तल खसेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १० का...
एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल निर्वाचित
काभ्रे । नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल निर्वाचित भएका छन् । बुधबार अबेर सम्पन्न मतदानपछिको मतपरिणाम अनुसार भुर्तेत अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्याशी रहेका चन्द्रबहादुर लामालाई पराजित गर्दै भुर्तेल निर्वाचित भएका हुन् । भुर्तेलले ३८० मत प्राप्त गर्दा लामाले २९९ मत प्राप्त गरेका थिए ।...
तीन वटा संसदीय समितिको बैठक आह्वान
काठमाडौं । आज एकैदिन तीन वटा संसदीय समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ । जसअनुसार बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । सो बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय...
चक्कु प्रहारबाट घाइते भएका युवकको मृत्यु
बुटवल । दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका एक युवकको गएराति मृत्यु भएको छ । जिल्लाको तुलसीपुरमा मङ्गलवार राती चक्कु प्रहारबाट घाइते भएका तुलसीपुर–४ का २४ वर्षीय गोरखलाल खड्काको मृत्यु भएको हो । उनको भारतको लखनउमा उपचारकै क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका...










