नेप्से सूचक ९ दशमलव ३२ अंकले घट्यो

तु खबर संवाददाता
२०८१ जेष्ठ ३१,बिहीबार १५:४९

काठमाडौं । आज साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, आज ९ दशमलव ३२ अंकले नेप्से सूचक घटेको हो ।

आज शेयर बजारमा गिरावट आएपनि कारोबार भने ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ भन्दा बढीको भएको छ । १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा सो बराबरको रकम कारोबार भएको हो ।

नेप्से सूचक ९ दशमलव ३२ अंकले घटेर २ हजार ११२ दशमलव २९ को विन्दुमा झरेको छ ।

९४ कम्पनीको सेयर मूल्य बढ्दा आज १४७ कम्पनीको मूल्य घटेको छ । ५ वटा कम्पनीको मूल्य भने स्थिर रहेको जनाइएको छ ।