समाचार
नेपाल र नेदरल्यान्डस्बीचको विश्वकप क्रिकेट आज हुँदै
काठमाडौं । नेपाल र नेदरल्यान्डस्बीचको आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगित आज हुँदैछ । खेल अमेरिकाको प्रेरी क्रिकेट रंगशालामा हुन लागेको हो । विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल नेदरल्यान्डस्सँग राति ९ बजेदेखि खल्ने जनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना...
हावाहुरीले भत्कायो जसपा नेपालको राष्ट्रिय महाधिवेशन मञ्च
जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको आसन्न प्रथम राष्ट्रिय महाधिवेशनका लागि निमार्णाधीन मञ्च (टेन्ट पण्डाल) हावाहुरीले भत्काएको छ । यही जेठ २८ गतेदेखि हुन लागेको उक्त महाधिवेशनका लागि जनकपुरधामको तिरहुतियागाछी मैदानमा बनाइरहको मञ्च हावाहुरी भत्काएको हो । एक महिनादेखि बनाइरहेको उक्त मञ्च निर्माण पूरा हुन केहीमात्र बाँकी हुँदा...
बिष्फोटक पदार्थसहित दुई जना प्रहरीको नियन्त्रणमा
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–११ सभाखोलास्थित सडकबाट विष्फोटक पदार्थसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बारूद १ सय ग्राम, डेटोनेटर २ थान, निओजेल २ सय ग्राम र खुर्पासहित २ जनालाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा रहनेमा खाँदबारी नगरपालिका–९ तुम्लिङटार बस्ने २७ वर्षीय बसन्त कुमाल...
विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ
कास्की । कास्कीको पोखरा महानगरपालिका–३२ स्थित युनिभर्स ईङ्लिस बोर्डिङ स्कुल कक्षा ५ मा अध्ययनरत ९ वर्षीय बालकलाई कुटपिट गरेको अभियोगमा प्रहरी एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही विद्यालयका शिक्षक रूपा गाउँपालिका–६ खोलाको छेउ बस्ने ३२ वर्षीय सुदिप अधिकारी रहेका छन् । अधिकारीले ती बालकलाई होमवर्क नगरेको...
उपेन्द्र यादवको रिटमाथि आज पनि सुनुवाइ हुन सकेन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको रिटमाथि आज पनि सुनुवाइ हुन सकेन । अध्यक्ष यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दामा सुनुवाइ हुन नसकेको हो । न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेशी हेर्न नभ्याउने हुँदै स्थगित गरिएको हो । यादवको रिट २३...
सेयर बजार ६ दशमलव २२ अंकले बढ्यो, ४ अर्ब ८ करोडको कारोबार
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव २२ अंकले बढेको छ । सोमबार ३ दशमलव ९२ अंकले घटेको नेप्से परिसूचक मंगलबार ६ दशमलव २२ अंकले बढेको हो । ० दशमलव २९ प्रतिशतले बढेसँगै परिसूचक २०८५ विन्दुमा पुगेर रोकिएको छ । यस्तै, मंगलबार १२५ वटा कम्पनीको सेयर...
हावाहुरीको कारण रुख भाँचिएर लाग्दा मकवानपुरका युवकको मृत्यु
मकवानपुर । मकवानपुरमा हावाहुरीको कारण रुख भाँचिएर लाग्दा आज बिहान एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर २, ट्याङ्की दमार बस्ने २२ वर्षीय रामबहादुर गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । प्रवक्ता भण्डारीका अनुसार,...
मनहरी गाउँपालिकाले निर्माण गरेको ३ वटा पक्की पुल एकैदिन उद्घाटन गरिँदै
मकवानपुर । मनहरी गाउँपालिकाले निर्माण गरेको ३ वटा पक्कि पुल जेठ २६ गते उद्घाटन गरिने भएको छ । आइतबार बसेको गाउँ कार्यपालिका बैठकले पुलको उद्घाटन गर्ने मिति तय गरेको हो । पुल उद्घाटनका लागि प्रमुख अतिथीको रुपमा मकवानपुर क्षेत्र नं २ (ख) बाट निर्वाचित बागमती प्रदेशका सांसद ईन्द्रबहादुर बानियाँ...
बालज्योती आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न
मकवानपुर । बालज्योती आधारभूत बिद्यालय मकवानपुरगढी गाउँपालिका–६ को १८ औं अभिभावक भेला सम्पन्न भएको छ । भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयनारायण घिमिरेको अध्यक्षता तथा श्रोत शिक्षक दाशरथी उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलामा प्रधानध्यापक गिता तिमल्सीनाले आर्थिक प्रतिवेदन र प्रगती प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा...
अनलाइनमार्फत् ठगी गरेको अभियोगमा पक्राउ
काठमाडौं । अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको घोरही उपमहानगरपालिका–९ घर भई काठमाडौं मित्रनगर बस्ने २१ वर्षीय विरबल घर्ती मगर रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।...










