समाचार
एमाले संसदीय दलको बैठक शनिबार बस्ने गरी आह्वान
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन् । भोलि असार १ गते शनिवार बस्ने गरी दलको बैठक आह्वान गरिएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रमुख सचेतक बर्तौलाका अनुसार, बैठक शनिबार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरस्थित लोत्सेहलमा बस्नेछ ।...
असार ३ गते सार्वजनिक विदा दिने सरकारको निर्णय
मकवानपुर । सरकारले आगामी असार ३ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले शुक्रबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएका हुन् । प्रवक्ता भट्टराईले इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा) को अवसरमा उक्त सार्वजनिक विदा दिएको बताए । २०८० साल...
मनहरीको चालु वर्षको ११ महिनाः मुख्य–मुख्य कामहरु सार्वजनिक
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो ११ महिनाको अवधिमा सम्पन्न गरेका मुख्य–मुख्य कामहरु सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिका सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै चालु वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकासलगायतका क्षेत्रमा गरेका मुख्य कामहरुबारे जानकारी गराइएको हो । गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष...
टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अशिम शाहले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहले उक्त माग गरेका हुन् । सांसद् शाहले अहिले पनि ५० लाखभन्दा बढी व्यक्तिले भीपीएन प्रयोग गरेर टिकटक चलाइरहेको अनौपचारिक तथ्याङ्क...
लागूऔषधसहित ११ जना पक्राउ
काठमाडौं । प्रहरीले देशको विभिन्न जिल्लाबाट लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा, झापा, कैलाली र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका–१५ बसपार्कबाट खैरो हेरोइन करिब १ सय २ ग्रामसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको...
प्रधानमन्त्रीद्वारा हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण आयोजनाको सबस्टेशन उद्घाटन
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित हेटौंडा सबस्टेसनको उद्घाटन गरेका छन् । नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको सबस्टेशनको आज एक कार्यत्रमबीच प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको...
सुनचाँदीको भाउ घट्यो
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुन प्रतितेला ४ सय रुपैयाँले घटेको हो । भाउ घटेसँगै शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा...
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
भक्तपुर । भक्तपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार साँझ एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ३८ वर्षीय कृष्णबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार, तामाङमाथि ती किशोरीलाई २०८० चैतदेखि पटक–पटक र पछिल्लो पटक...
दुई जना मृत अवस्थामा फेला
काठमाडौं । देशको छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । रुपन्देही र रौतहट जिल्लामा दुई जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहीबार रुपन्देहीको बुटवल उपहानगरपालिका–१७ रानीगञ्ज बस्ने २७ वर्षीय दामोदर थारु मृत अवस्थामा भेटिएका छन् । थारु सोही ठाउँस्थित खेतमा बिहीबार मृत अवस्थामा...
मकवानपुरबाट एक क्विन्टल गाँजा बरामद
मकवानपुर । मकवानपुरबाट शुक्रबार बिहान प्रहरीले एक क्विन्टल लागूऔषध गाँजा बरामद भएको छ । जिल्लाको थाहा नगरपालिका–७ देउखेलस्थित सडकबाट करिब १ सय किलो ४ सय २० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उक्त गाँजा इलाका प्रहरी कार्यालय पालुङबाट गस्तीमा खटिएको प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार,...










