सुनचाँदीको भाउ घट्यो

तु खबर संवाददाता
२०८१ असार १,शुक्रबार १५:१९
file-photo

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुन प्रतितेला ४ सय रुपैयाँले घटेको हो ।

भाउ घटेसँगै शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँले नै घटेर १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । भाउ घटेसँगै शुक्रबार चाँदी प्रतितोला एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।