टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग

तु खबर संवाददाता
२०८१ असार १,शुक्रबार १६:१८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अशिम शाहले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहले उक्त माग गरेका हुन् ।

सांसद् शाहले अहिले पनि ५० लाखभन्दा बढी व्यक्तिले भीपीएन प्रयोग गरेर टिकटक चलाइरहेको अनौपचारिक तथ्याङ्क रहेको जानकारी गराउँदै सरकारले टिकटकमा लगाएको प्रतिबन्धले विकृति नहटेको र त्यसको औचित्य नरहेको बताए ।

टिकटकबाट साना व्यवसायीले गरेको घरेलु व्यवसाय विस्थापित भएको भन्दै उनले टिकटकको विकल्पमा फेसबुक रिल, युट्युब सर्ट्स मज्जाले चलिरहेको र टिकटकले मात्रै विकृती नहट्ने उल्लेख गरे ।