जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ ३२, शुक्रबार १४:४१

भक्तपुर । भक्तपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार साँझ एक पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ३८ वर्षीय कृष्णबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार, तामाङमाथि ती किशोरीलाई २०८० चैतदेखि पटक–पटक र पछिल्लो पटक २०८१ जेठ १२ गते दिउँसो भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित न्यु भक्तपुर गेस्ट हाउसमा पु¥याएर जबरजस्ती करणी गरेको आरोप छ ।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरी प्रहरीले आवश्यक कानूनी प्रकृया अगाडि बढाइएको छ ।