नेपाल प्रहरीका ४ जना एसएसपीहरूको पदस्थापन
काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको पदस्थापन गरिएको छ ।
जेठ २९ मा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले उनीहरूलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेका थिए । सोही निर्णय अनुसार पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय अनुसार, श्यामकृष्ण अधिकारीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।
यस्तै, रवीन्द्र रेग्मीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, भीम बहादुर दाहाललाई कोशी प्रदेश प्रहरी कार्यालय र नान्तीराज गुरुङलाई बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।
