बागमती प्रदेश सभा बैठक बस्दै, आर्थिक सर्वेक्षण सम्बन्धि प्रस्ताव प्रस्तुत हुने

तु खबर संवाददाता
२०८१ जेष्ठ ३२, शुक्रबार १०:३०

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक अपराह्न ३ बजे प्रदेश सभा सचिवालयमा बस्ने गरी आह्वान गरिएको हो ।

उक्त बैठकमा प्रदेश सरकारको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार, उक्त प्रस्ताव बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको तर्फबाट पेश गर्नेछन् ।

प्रदेश सभा बैठकअधि आजै दिउँसो १२ बजे कार्यपरामर्श समितिको बैठक पनि बस्ने भएको छ । कार्यपरामर्श समितिको बैठक प्रदेश सकारको भोलि प्रस्तुत हुने बजेट र त्यसमाथि हुने छलफलको कार्यसूची तयार गर्ने प्रमुख सचिव खड्काले बताए ।