लागूऔषध गाँजासहित एक जना पक्राउ
सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिका–५ लखन्देवी खोलास्थित सडकबाट अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही गाउँपालिका–१ बस्ने ७० वर्षीय मनिराम राय रहेका छन् ।
उनलाई बुधबार बिहान लागूऔषध गाँजा २ किलो ९८ ग्रामसहित इलाका प्रहरी कार्यालय चक्रघट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, साइकलमा सवार उनलाई चेकजाँच गर्दा सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
