मृतक अकिललाल श्रेष्ठका परिवार आर्थिक रकम सहयोग

तु खबर संवाददाता
२०८१ जेष्ठ ३०,बुधबार १९:२०

मकवानपुर । हृदयघातका कारण निधन भएका फुटबल रेफ्री मकवानपुरका अकिललाल श्रेष्ठको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

लामसुरे खेलकुद विकास समिति हेटौंडा–९, ले बुधबार मृतक अकिललालको परिवारलाई नगद ५० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएका हो ।

मकवानपुर जिल्ला रेफ्री संघ अध्यक्ष समेत रहेका मृतक श्रेष्ठ हेटौंडा–९ भेट्रान्स टिमको समेत खेलाडी थिए ।

उनको परिवारलाई वडाध्यक्ष सुकराम केसी, जिल्ला समन्वय समिति सदस्य वीरेन्द्र लामा तथा खेलकुद विकास समिति अध्यक्ष विष्णु रानाले नगद हस्तान्तरण गरेका थिए ।