गर्मीका कारण हेटौंडामा दुई दिन विद्यालय बन्द हुने

तु खबर संवाददाता
२०८१ जेष्ठ ३०,बुधबार १७:२४

मकवानपुर । अत्याधिक गर्मीका कारण हेटौंडामा सामूदायिक तथा संंस्थागत विद्यालय दुई दिन हुने भएको छ ।

अत्याधिक गर्मी बढेपछि हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले बुधबार एक सूचना जारी गर्दै नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बन्द हुने जानकारी गराएको हो ।

जारी सूचनामा बुधबार ३० गते बसेको वडा शिक्षा समितिको बैठकको निर्णय अनुसार, भोलि जेठ ३१ गते र जेठ ३२ गते दिन विद्यालय बन्द गर्ने निर्णय गरेको उल्लेख छ ।

अत्याधिक गर्मी र चर्को घामका कारणले गर्दा विद्यार्थीहरुलाई विद्यालय आवत जावत गर्न र कक्षाकोठामा बसेर अध्ययन गर्न कठिनाइ भएकोले उक्त निर्णय गरेको जनाइएको छ ।