६७ किलो गाँजासहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ २९,मंगलवार १७:३५
file-photo

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ चियाँबारी फिकलबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ६७ किलोग्राम गाँजासहित २ जनालाई गएराति पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा उदयपुरगढी गाउँपालिका–७ बस्ने ६० वर्षीय लाल बहादुर तामाङ र सोही गाउँपालिका–८ चुपुम्फा बस्ने ५२ वर्षीय दिल बहादुर तामाङ रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई उक्त गाँजा बोकी चुपुम्फाबाट दमाई कोटीतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।