कार्यक्रमस्थलमा बेहोस् भएर ढलेका क्षेत्रीको मृत्यु

तु खबर संवाददाता
२०८१ जेष्ठ २९,मंगलवार १७:३१
सांकेतिक तस्वीर

सुर्खेत । कार्यक्रमस्थलमा बेहोस् भएर ढलेका वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भएको छ ।

क्षेत्रीको हृदयाघातका कारण मृत्यु भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरूले जनाएक छन् ।

मंगलबार बिहान वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा भएको कार्यक्रमकै बिचमा उनी बेहोस् भएर ढलेका थिए । उनले उक्त बुलबुले उद्यानमा डुङ्गा सञ्चालन कार्यक्रमको उद्घाटन गर्दै थिए ।

सोही क्रममा बेहोस् भएर ढलेका उनलाई तत्काल उद्दार गरी उपचारको लागि प्रदेश अस्पतालमा लगियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

क्षेत्री वीरेन्द्रनगर नगरपालिकामा २०७४ साउनयता कार्यरत थिए ।