शेयर बजारमा हरियाली, साढे ५ अर्बको कारोबार

तु खबर संवाददाता
२०८१ जेष्ठ २९,मंगलवार १७:४७

काठमाडौं । मंगलबार शेयर बजारमा हरियाली छाएको छ । लामो समयपछि परिसूचक समेत २१ सय बिन्दु माथि उक्लिएको हो ।

नेपाल स्टक एक्सचेत्तज (नेप्से) ३३ दशमलव १५ अकंले बढेर २ हजार ११५ दशमलव २४ बिन्दुमा बन्द भएको छ ।

आज ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर किनबेच भएको छ भने ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै, मंगलबार ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।