प्रतिनिधि सभाको बैठक सर्यो
काठमाडौं । संघीय संसद्अन्तरगत पर्ने प्रतिनिधि सभाको बैठक सरेको छ । आज बिहान ११ बजे बस्ने गरी बोलाएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकको निर्णय अनुसार प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो ।
आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २७ गतेदेखि नियमित छलफल हुने जनाइएको छ ।
विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको जारी सूचनामा उल्लेख छ ।
