एकैदिन चार हजारले घट्यो सुनको भाउ

काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ आज एकैदिन प्रतितोलामा चार हजार रुपैयाँले घटेको छ । अहिलेसम्मकै सर्वाधिक महँगो बनेको सुनको मूल्य आज भने चार हजारले घटेको हो ।
भाउ घटेसँगै आइतबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, आज तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी पनि प्रतितोला ७५ रुपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला एक हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको छ ।