इजरायली सेनाद्वारा हमासबाट चार बन्धकको उद्दार

तु खबर संवाददाता
२०८१ जेष्ठ २७,आईतवार १०:१३
file-photo

तेल अभिभ । इजरायली सेनाले हमासको कैदबाट आफ्ना चार बन्धकलाई उद्दार गरेको छ ।

नोआ अरगामनी (२७), अलमोग मिर (२२), आन्द्रेई कोज्लोभ (२७) र सलोमी जिभ (४१) लाई शनिबार उद्धार गरिएको हो ।

इजरायली सेनाले ती बन्धकहरूलाई उद्धार गर्न विशेष अभियान सुरु गरेको थियो । रिहा भएपछि बन्धकहरुले आ–आफ्ना परिवारलाई भेटेका थिए ।

यी सबै इजरायली नागरिकलाई हमासले नोभा म्युजिक फेस्टिभलबाट अक्टोबर ७ मा अपहरण गरेको थियो ।–एजेन्सी