गाजामा मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो
गाजा । गत अक्टोबरदेखि सुरु भएको इजरायल र हमासबीचको द्वन्द्वमा परेर गाजामा मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । बिहीबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सो बारे जानकारी गराएको हो ।
इजरायले अहिले पनि प्यालेस्टिनी भूमिमा हवाईदेखि स्थल कारबाही जारी राखेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले मारिनेमा हमासका लडाकु र सर्वसाधारणको संख्या छुट्याउँदैन । तर, मारिनेमा ७० प्रतिशत महिला र बालबालिका रहेको बताइएको छ ।
इजरायलले अक्टोबर ७ पछिको आफ्नो कारबाहीमा कम्तीमा १० हजार हमास लडाकु मारिएको बताएको छ ।
सो दिन हमासका लडाकुले गरेको कारबाहीमा इजरायलमा १२ सयभन्दा बढीको मृत्यु भएको थियो । त्यसदिन २५० जनालाई अपहरण गरेर गाजा लगिएको थियो ।–एजेन्सी