इजरायल आक्रमण : थप दुई नेपालीको सनाखत

तु खबर संवाददाता
२०८० कार्तिक १४,मंगलवार ०८:४८
file-photo

काठमाडौं । इजरायलमा हमास आक्रमणमा परेर मृत्यु भएका थप दुई जना नेपालीको सनाखत भएको छ । इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा मृत्यु भएकामध्ये थप दुई जनाको सनाखत भएको हो ।

सनाखत हुनेहरुमा मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही–६ धनुषाका अनन्द साह रहेको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ ।

राजेशकुमार र अनन्दको सनाखत भएसँगै सो आक्रमणमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको सनाखन भएको छ । यसअघि ५ जना र ३ जना गरी ८ जनाको सनाखत भएको थियो ।

सनाखत भएकामध्ये ५ जनाको शव नेपाल ल्याइसकेको छ भने अन्यको आवश्यक प्रक्रिया पूरा गरी सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार, सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी भने हालसम्म पाि सम्पर्कविहीन छन् । उनको खोजीकार्य जारी राखेको छ ।