इजरायलबाट १८ नेपालीको उद्दार, नयाँदिल्ली आइपुगे

तु खबर संवाददाता
२०८० कार्तिक १,बुधबार ०९:३२
file-photo

काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको उद्दार गरिएको छ । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरुलाई उद्दार गरिएको हो ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले १८ जना नेपालीहरु भारतको नयाँदिल्ली आइपुगेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् । उनीहरुलाई राजदूत शर्माले नयाँदिल्लीमा स्वागत गरेका थिए ।

यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज इजरायलको तेलअविव पठाएर २५४ नेपालीहरुको उद्दार गरेको थियो ।

थप उद्दारका लागि नेपाल सरकारले भारत सरकारलाई आग्रह गरेको थियो । सो आग्रह बमोजिम भारत सरकारले आफ्ना नागरिकहरुसँगै १८ जना नेपालीलाई पनि उद्दार गरिदिएको हो ।