गाजामा मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

एजेन्सी
२०८० मंसिर १९,मंगलवार १०:३८
file-photo

गाजा । इजरायल–हमास युद्ध सुरु भएपछि गाजामा मृत्यु हुनेको संख्या झण्डै १६ हजारको हारहारीमा पुगेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले युद्ध सुरु भएपछि गाजामा सो संख्यामा मृत्यु भएको जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार, गाजामा १५ हजार ८९९ जनाको मृत्यु भएको हो । तीमध्ये ७० प्रतिशत महिला र बालबालिका मारिएको छ ।

अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमा प्रवेश गरी आक्रमण गरेका थिए । जसमा १२ सय जनाको मृत्यु भएको थियो ।
त्यसबेला हमासले करिब २४० जनालाई बन्धक बनाएर गाजा लगेको थियो ।