इजरायल आक्रमण: थप तीन जना नेपालीको सनाखत

तु खबर संवाददाता
२०८० कार्तिक १३,सोमबार ०८:३२
file-photo

काठमाडौं । इजरालयमा हमास समूहको आक्रमणमा परेर मृत्यु भएकामध्ये तीन जना नेपालीको  सनाखत भएको छ ।

इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा मृत्यु भएकामध्ये थप ३ नेपाली विद्यार्थीको भएको जानकारी गराएको हो ।

शव पहिचान हुनेहरुमा पदम थापा, प्रवेश भण्डारी र राजन फुलारा रहेका छन् ।

हमासको आक्रमणमा इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । तीमध्ये ५ जनाको शव यसअघि नै पहिचान भई नेपाल ल्याइसकिएको छ ।

बाँकी दुई जनाको भने हालसम्म शव पहिचान हुन नसकेको दूतावासले जनाएको छ ।