इजरायलमा मारिएका थप एक जनाको शव नेपाल ल्याइयो

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परेर मृत्यु भएका थप एक जना विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । उक्त शव बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेका छन् ।
उनको शव फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, उनको शव नेपाल ल्याएसँगै एम्बुलेन्समा राखेर घरतर्फ पठाइएको छ ।
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० जनामध्ये ५ विद्यार्थीको नेपाल ल्याइएको छ । बाँकी पाँच जनाको शव ल्याउन पहल भइरहेको मन्त्रालयले जनाएको छ ।