रकेट आक्रमणमा परेर तीन इजरायली सैनिकको मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख २४,सोमबार ०९:४१
सांकेतिक तस्वीर

तेल अभिभ । केरेम शालोम पोस्टमा भएको रकेट आक्रमणमा परेर तीन इजरायली सैनिकको मृत्यु भएको छ ।

केरेम शालोम पोस्टमा हमासले गरेको रकेट आक्रमणमा परेर तीन इजरायली सैनिकको मृत्यु भएको इजरायलले दाबी गरेको छ ।

यो घटनापछि इजरायलले केरेम शालोम पोस्ट बन्द गरेको छ । केरोम शालोम चेकपोइन्ट गाजामा मानवीय सहायता पुर्याउने केही मार्गहरू मध्ये एक हो ।

यता कायरोमा युद्धविरामका लागि चलिरहेको वार्ता पनि सकिएको छ । दुई दिनसम्म चलेको वार्तामा सहमति हुन सकेन । –बीबीसी