मकवानपुरबाट लागूऔषधसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ २७, आईतवार ०९:१५
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ मनहरी खोलाबाट लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शनिबार लागूऔषध गाँजा २ किलो ७०० ग्रामसहित एक जनालाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

पक्राउ पर्नेमा बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नं.८ रमौली बस्ने ४२ वर्षीय नागेन्द्र महत्तो रहेका छन् ।

राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेका पैदलयात्री महत्तोलाई शंका लागि चेकजाँच गर्ने क्रममा पछाडी भिर्ने कालो झोलाभित्र रातो प्लाष्टिकले बेरेर लुकाई छिपाई ल्याइएको उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।