रसिया पठाउने भन्दै ११ लाख ठग्ने पक्राउ
रौतहट । विद्यार्थी भिसामा अध्ययनको लागि रसिया पठाइदिने भनेर झण्डै ११ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय यमुनामाई गाउँपालिका २ का २३ वर्षीय राहुल कुमार प्रजापति रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रजापतिले आफ्नै गाउँका २० वर्षीय जितेन्द्र कुमार यादवलाई अध्ययन भिसामा रसिया पठाइदिने भनेर एम्बेसीद्वारा जारी भएको भन्दै नक्कली कागजात देखाएर १० लाख ८७ हजार ७२० रुपैयाँ ठगी गरेका थिए ।
पीडितको उजुरीको आधारमा पक्राउ परेका प्रजापतिमाथि ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दायर गरी जिल्ला अदालत रौतहटबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।
