आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।
साथै आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको पनि जनाइएको छ ।
महाशाखाका अनुसार, हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको र कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
