मादक पदार्थ सेवन गरी महिलाको हत्या, तामाङ पक्राउ
काभ्रे । काभ्रेको तेमाल गाउँपालिका–२ काफलबोटमा एक महिलाको हत्या गरिएको छ । स्थानीय बस्ने ५८ वर्षीया साइली तामाङलाई फलामको रड प्रहार गरी हत्या गरिएको हो ।
साइलीको स्गानीय ५५ वर्षीय मानध्वज तामाङले बिहीबार हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मानध्वजले मादक पदार्थ सेवन गरी फलामको रड प्रहार गरेर साइलीको हत्या गरेका हुन् ।
साइलीको हत्या गर्ने मानध्वजलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरी चौकी पचवारघाट र इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गर्नुको साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
