सिंहदरबारभित्र अपाङ्गतामैत्री पार्किङस्थल तोक्न निर्देशन

तु खबर संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १०:४७

काठमाडौं । गृह मन्त्रालयले सिंहदरबार परिसरभित्र अपाङ्गतामैत्री पार्किङस्थल तोक्न निर्देशन दिएको छ ।

सिंहदरबार परिसरलाई अपाङ्गतामैत्री बनाउन अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सवारी साधनका लागि पार्किङ एरिया तोक्ने व्यवस्था मिलाउन महानगरीय प्रहरी सुरक्षा गण, सिंहदरबारलाई गृह मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार, गृहको निर्देशन कार्यान्वयनमा आएपछि अपाङ्गता भएका व्यक्तिहरुलाई सवारीसाधन पार्किङमा सहजता हुने विश्वास गरिएको छ ।