शेयर सदस्यलाई जैविक मल तथा जैविक विषादी बनाउने तालिम
मकवानपुर । नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था हेटौंडा–२ ले आफ्ना शेयर सदस्यलाई जैविक मल तथा जैविक विषादी बनाउने तालिम दिएको छ । सहकारीले आफ्नो संस्थामा आबद्ध रहेका शेयर सदस्यलाई २ दिने तालिम प्रदान गरेको हो ।
तालिममा सहकारीका ४६ जना शेयर सदस्यहरुले सहभागिता जनाएका थिए । तालिममा ध्रुव बहादुर भूजेल र बद्री प्रसाद भण्डारीले सहजीकरण गरेका थिए ।
हेटौंडा–१७ का वडा अध्यक्ष उद्वब सत्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाका अध्यष मिठाराम दाहाल, आफ्नै कृषि सहकारी संस्थाका अध्यक्ष पुष्पराम थापाको आतिथ्यता रहेको थियो ।
